१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश अध्यक्षलाई काउन्टर दिँदै जिल्ला इन्चार्जले बनाए समानान्तर कमिटी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु सुनसरीको नयाँ नेतृत्व चयनमा विवाद हुँदा समानान्तर कमिटी बनाइएको छ । एउटा कमिटीको अध्यक्षमा उज्ज्वल सिग्देल छन् भने अर्को कमिटीको अध्यक्षमा शेखर रेग्मी छन्।

अनेरास्ववियु सुनसरीको साउन ४ र ५ गते २३औँ जिल्ला अधिवेशन भएको थियो । केन्द्रीय अध्यक्ष समिक बडालले उद्घाटन गरेको अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि स्थगित भयो । अधिवेशनले ५१ सदस्यीय प्लेन कमिटी गठन गरेको थियो । प्लेन कमिटीबाट सर्वसम्मत पदाधिकारी चयन गर्ने भन्दै बन्द सत्र सकिएको ३ सातापछि एकै पटक दुई वटा कमिटी गठन भएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा प्रदेश अध्यक्ष जीवी गजलले एउटा र केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले अर्को कमिटी घोषणा गरेपछि सुनसरी अनेरास्ववियुको विवाद सतहमा आएको हो । दुवैले प्लेन कमिटीको बहुमतबाट पदाधिकारी छनौट गरिएको दाबी गरेका छन् ।

पदाधिकारी चयनमा विवाद उत्पन्न भएर नेतृत्व चयन नगरी अधिवेशन सम्पन्न भएपछि एमाले सुनसरीले यस विषयमा कार्यदलसमेत बनाएको थियो । कार्यदलको सुझावका आधारमा उज्ज्वल सिग्देलको अध्यक्षतामा पदाधिकारी घोषणा गरेको प्रदेश अध्यक्ष गजलले दाबी गरे । उनले साउन २६ गते पदाधिकारी घोषणा गरेका हुन् ।

उनले घोषणा गरेको कमिटीको उपाध्यक्षमा शेखर रेग्मी, आदित्य खड्‌का, सुनिल सुब्बा छन् । सुरज भट्टराईले सचिवको जिम्मेवारी पाएका छन् भने सहसचिवमा चित्रमान राई,अरुण चौधरी र आदर्श पोखरेल चुनिएका छन् । कोषाध्यक्षको जिम्मेवारी मन्दिरा लिम्बूले पाएकी छन् । बाँकी सदस्यहरू भूगोल, जात तथा लिङ्गका आधारमा समावेशी रूपमा छनौट गरिएको गजलले बताए । उनले प्लेन कमिटीका बहुमत सदस्य र पार्टीको लाइनअनुसार आफूले पदाधिकारी चयन गरेको दाबी गरेका छन् ।

उनले भने, ‘मैले पार्टीको लाइन अनुसार र बहुमत सदस्यको हस्ताक्षरमा पदाधिकारी छनौट गरेको हो । यसमा कुनै विवाद छैन । कसैले नाम राख्दैमा अर्को कमिटी बन्दैन ।’

आफूले घोषणा गरेको कमिटी आधिकारिक भएको उनको जिकिर छ । संगठनको नीतिविपरीत नाम घोषणा गर्ने विषय कारबाहीयोग्य भएको उनको भनाइ छ ।

गजलले पदाधिकारी चयन भएको घोषणा गरेसँगै केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले शेखर रेग्मीको अध्यक्षतामा नयाँ समानान्तर कमिटी घोषणा गरेका छन् । रेग्मीले साउन २७ गते घोषणा गरेको कमिटीको उपाध्यक्षमा उज्ज्वल सिग्देल, सन्तोष तामाङ छन् भने सचिवमा आदर्श पोख्रेललाई जिम्मेवारी दिइएको छ ।

रेग्मीले घोषणा गरेको कमिटीमा सहसचिवमा एनिस रेग्मी, रुजु राई, इबेश डाँगी र चित्रमान राईको नाम छ । कोषाध्यक्षमा संकल्प खतिवडा र कार्यालय सचिवको जिम्मेवारी सुनिल सुब्बालाई रेग्मीले जिम्मेवारी दिएका छन् । उनले बहुमत सदस्यको उपस्थितिमा कमिटी गठन गरेको दाबी गरेका छन् ।

एमाले सुनसरी सचिव राम कोइरालाले पार्टीसँगको सल्लाहअनुसार प्रदेश अध्यक्षले बहुमत सदस्यको सहमतिमा पदाधिकारी चयन गरेको बताए । उनले प्रदेश अध्यक्ष जीवी गजलले घोषणा गरेको कमिटी आधिकारिक भएको बताए ।

प्रतिक्रिया दिनुहोस