६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्प्युटर अपरेटरले पारिश्रमिक नपाउँदा सेवा प्रभावित

अ+ अ-

काठमाडौँ । वीरगंज महानगरपालिका वडा नं. १५ मा कम्प्युटर अपरेटरको पारिश्रमिक नपाउँदा सेवा प्रभावित भएको छ ।

वडा कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरको पारिश्रमिक विगत केही महिनादेखि उपलब्ध नगराइएको कारण सेवाहरू प्रभावित भएको कार्यवाहक वडा अध्यक्ष दिपेन्द्र कुमार सोनारले बताए ।

महानगरपालिकाले समयमा पारिश्रमिक उपलब्ध नगराउँदा, अनलाइन रसिद काट्ने र कम्प्युटर टाइप सम्बन्धी काम ठप्प भएको कार्यवाहक वडा अध्यक्ष दिपेन्द्र कुमार सोनारले जारी गरेको सूचनामा जानकारी गराइएको छ।

कम्प्युटर अपरेटरहरूले पारिश्रमिक नपाउँदा कार्यालयमा उपस्थित हुन नसकेको र त्यसले गर्दा स्थानीय सेवाग्राहीको कामकाजमा समस्या परिरहेको सूचनामा उल्लेख गरिएको छ । कार्यालयको सेवा अवरुद्ध हुन गएपछि यसबाट सर्वसाधारणले पर्न गएको असुविधाका लागि क्षमा याचना गर्दै, अर्को वैकल्पिक व्यवस्था नभएसम्म वडा समिति कार्यालय बन्द रहने जानकारी दिइएको छ ।

सूचनामा थप भनिएको छ, यस असुविधाका सम्बन्धमा गुनासो छ भने मेयर राजेशमान सिंह वा प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराई समक्ष सम्पर्क गर्न अनुरोध गरिन्छ।’

प्रतिक्रिया दिनुहोस