२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

अ+ अ-

काठमाडौँ । झापामा एक १६ वर्षीय बालिका बलात्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा लगी उनीमाथि सामूहिक बलात्कार भएको हो ।

अर्जुनधारा ८ को नयाँ बजारमा करिब साढे ८ बजे हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि राति ११ बजे होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर रहेका छन् । त्यस्तै अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी छन् । घटनामा संलग्न एकजना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

झापा प्रहरीका अनुसार अनिष, सरोज र केशवले सुरुमा हटियामा करणी गरेका थिए । त्यसपछि अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो । होटलमा होटल मालिकसहित चार जना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ । राजवंशी होटल सञ्चालक हुन् ।

सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् । होटलका अर्का कामदार फरार रहेको उपरीक्षक मिलन केसीले जानकारी दिए । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज म्याद थप गर्ने प्रहरीको तयारी छ ।