२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्र रुजु र इन प्रोसेस सेवाहरू नारायणहिटी परिसरबाट, विभागको सेवा बन्द 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र दर्ता गर्दा थप रुजु वा इन प्रोसेसमा रहेका व्यक्तिहरूको विवरण अब नारायणहिटी दरबार परिसरबाट प्राप्त हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार(आज) एक सूचना जारी गर्दै विभाग अन्तर्गतको नारायणहिटी दरबार परिसरबाट यो सेवा लिन सकिने व्यवस्था गरिएको जनाएको हो । यसअघि विभागले मात्र प्रदान गर्दै आएको यो सेवा अब नारायणहिटीबाट मात्र वितरण गरिने छ । 

साथै, सेवाग्राहीहरूले विभागको वेबसाइटमा आवेदन दिएर आफ्नो विवरणको पछ्यौट गर्न सक्ने सुविधा पनि प्रदान गरिएको छ ।

राष्ट्रिय परिचय नम्बर (एनआईएन) प्राप्त नगरेका सेवाग्राहीहरूलाई लक्षित गर्दै विभागले एउटा पोर्टल सञ्चालनमा ल्याएको छ, जसको माध्यमबाट नागरिकहरूले आफ्नो विवरण प्रविष्ट गरी राष्ट्रिय परिचय नम्बर र भर्पाई प्राप्त गर्न सक्नेछन् । यो सुविधा विशेष गरी भर्पाई हराएका नागरिकहरूका लागि अत्यन्तै लाभदायक हुने अपेक्षा विभागको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका नागरिकहरूलाई परिचयपत्र वितरण र विवरण दर्ता प्रक्रियालाई थप प्रभावकारी बनाउन नयाँ व्यवस्थाहरू लागू गरेको छ । हाल, ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू, ५४ वटा इलाका प्रशासन कार्यालय, १ सीमा प्रशासन कार्यालय, र विभिन्न स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन र वितरण कार्य भइरहेको छ । यस प्रक्रियामा सहभागी सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै विभागले केही महत्त्वपूर्ण सुधारहरू गरेको छ । 

राष्ट्रिय परिचयपत्र सम्बन्धी कुनै पनि जानकारी आवश्यक परेमा, सेवाग्राहीहरूले विभागको टोल फ्रि नम्बरमा बिहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म सम्पर्क गर्न सक्नेछन् ।