काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको विस्तारित बैठक सुरु भएको छ। सर्लाहीको लालबन्दीमा सुरु बैठक बसिरहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
बैठकमा सहभागी हुन सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, काव प्रवक्ता झालगायत सर्लाही पुगेका छन्। बैठकमा प्रदेश समिति र विभाग तथा जिल्ला समितिका पदाधिकारी सहभागी छन्।
बैठक सुरु हुनुअघि लालबन्दीमा सभापति लामिछाने, उपसभापति वाग्लेसहितको उपस्थितिमा र्याली गरिएको थियो। रास्वपाले असोज पहिलो साना राष्ट्रे भेला गर्दैछ। भेलाअघि सभापति लामिछानेको उपस्थितिमा सबै प्रदेशस्तरीय बैठक गर्ने केन्द्रीय समितिको निर्णय अनुसार आज मधेस पुगेका हुन्।







