२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्ष कामदार लैजान इराकद्वारा श्रम समझदारीको प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपालबाट दक्ष कामदार लैजान इराकले इच्छा देखाएको छ । इराकले नेपालसँग श्रम समझदारी गर्ने प्रस्ताव गर्दै यस्तो इच्छा देखाएको हो ।

नयाँ दिल्लीस्थित भारतका लागि इराकको राजदूतावासका नियोग उपप्रमुख नजम मिर्जानले नेपालबाट दक्ष कामदार लैजानका लागि नयाँ दिल्लीस्थित कार्यवाहक राजदूत सुरेन्द्र थापालाई आग्रह गरेका हुन् । दिल्लीमै रहेको इराकको दूतावासले नेपाल पनि हेर्छ ।

गत मंगलबार दिल्लीमा भएको भेटवार्तामा उनीहरूबीच इराकमा नेपालबाट दक्ष कामदार लैजाने सम्बन्धमा कुराकानी भएको नेपाली दूतावासले जनाएको छ । ‘हामी अब पूर्वाधार विकासमा लागिरहेका छौँ, त्यसका लागि धेरै कामदारको आवश्यकता पर्छ, नेपालीहरूको कामको प्रशंसा हामीले जताततै सुनेका छौँ । त्यसैले इराक नेपालबाट पूर्वाधार विकासमा काम गर्न सक्ने दक्ष कामदार लैजान इच्छुक छ,’ मिर्जानको भनाइ उद्धृत गर्दै दूतावासले भनेको छ ।

थापाले इराकको आग्रहलाई परराष्ट्र मन्त्रालयमा पठाइसकेका छन् । अब परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरेर इराकलाई जवाफ दिनेछ । परराष्ट्र स्रोतका अनुसार नेपाली पक्षले इराकको वर्तमान सुरक्षा र भविष्यमा हुन सक्ने खतराको अध्ययन र समीक्षा गरेर मात्र कुनै पनि निर्णय लिनेछ ।

नेपालले सुरक्षाको कारण देखाउँदै इराकसहित लिबिया र सिरियामा पनि भ्रमण अथवा रोजगारीका लागि जान प्रतिबन्ध लगाउँदै आएको छ ।