डोटी । डोटीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।
मृत्यु हुनेमा आदर्श गाउँपालिका ३ आगरका शेर बहादुर ऐरकी आमा वर्ष ६१ कि कौमती देवी ऐर रहेको र घाइते हुनेमा शेर बहादुरकी छोरी अन्दाजी १०र१२ वर्ष कि भुवनेश्वरी ऐर रहेको वडा अध्यक्ष दीपेन्द्र पाठकले जानकारी दिए ।
मृतक कौमती देवी नातिनी सहित आफ्नो घरबाट आदर्श गाउँपालिका ६ सौकल्लामा माइती घर जाँदै थिइन् । उनीहरू आदर्श गाउँपालिका-३ कै उन्ने ओडार भन्ने ठाउँमा बाटो माथिबाट आएको पहिरोमा परेको बताइएको छ । घटना शनिवार बिहान ११ बजे भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।