१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । स्थानीय तहले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न पूँजीगत खर्च वृद्धि गर्नुका साथै बेरुजु न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

स्थानीय तह, प्रदेश र सङ्घीय कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रम तथा आयोजनाबारे अनुभव आदानप्रदान गर्न शुक्रबार जिल्ला समन्वय समितिद्वारा आयोजित कार्यक्रममा सहभागीले बेरुजु सुशासनमा बाधक रहेको बताएका थिए । 

छलफलमा सरोकार भएकाले सामाजिक तथा आर्थिक रूपान्तरण गर्न बढ्दै गएको बेरुजु न्यूनीकरण गर्नुपर्ने विचार व्यक्त गरे । काठमाडौँका स्थानीय तहले आफ्नो क्षेत्राधिकारको उचित प्रयोग गरी नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने सहभागीले सुझाव दिए । 

काठमाडौँका महानगरपालिका र अन्य दश नगरपालिकाले एक वर्षभित्र गरेका कार्ययोजना, बजेट विनियोजन, पूर्वाधार विकास, निर्माण, सामाजिक विकास,  खर्चको अवस्था, बेरुजुको अवस्थाबारे समीक्षा गरिएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायत प्रशासकीय अधिकृतले स्थानीय तहमा बजेट र कार्ययोजनाबारे जानकारी दिँदै आगामी दिनमा स्थानीय अधिकार थप बलियो बनाउन जनप्रतिनिधि र कर्मचारीको एकापसमा सहकार्य र समन्वयको खाँचो औँल्याए।

काठमाडौँका जिल्ला समन्वय अधिकारी लक्ष्मणविक्रम थापाले स्थानीय तहको पूर्वाधार विकास तथा निर्माणमा सम्बन्धित जिल्लाको भूमिका र जिम्मेवारी सशक्त बनाउन आवश्यक रहेको बताउँदै त्यसका लागि समितिलाई थप अधिकार र सुविधा सम्पन्न बनाउन आवश्यक रहेको विचार व्यक्त गरे । 

काठमाडौँ महानगरपालिका तथा अन्य नगरपालिकाको कार्यप्रगतिका साथै सांस्कृतिक, सामाजिक पक्षबारे प्रस्तुतीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस