काठमाडौँ । सिंहदरवारमा सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतकहरूको छलफल सुरु भएको छ ।
छलफलमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी छन् । नेकपा माओवादी केन्द्रले सदन अवरोध गर्ने बताएपछि संसद् बैठक अघि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।