९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहले भने-सहकारी ठगीमा संसदीय समितिको सुझाव अनुसार सरकार अघि बढ्छ

अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।

मंगलबार प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा संलग्नमाथि कारबाही प्रक्रिया अघि बढाइने बताएका हुन् ।

‘संसदीय विशेष समितिले सहकारीको रकम दुरुपयोग सम्बन्धी प्रतिवेदन बुझाएको छ । सरकारले प्राप्त गरेपछि प्राप्त सुझावका आधारमा अध्ययन गरेर कार्यान्वयन गर्नेछ,’सिंहले भने, ‘समितिको सुझावको आधारमा सबै प्रक्रिया पूरा गर्नुपर्ने सरकारको दायित्व हो त्यो गर्छ ।’

गोर्खा मिडियामा सहकारीको रकम दुरुपयोग भएको सन्दर्भमा संसदीय समितिले तत्कालीन समयमा प्रबन्ध निर्देशकको भूमिकामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेमाथि समेत प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

तर लामिछानेले भने संसदीय समितिले आफूलाई सहकारी ठगी प्रकरणमा क्लीन चिट दिएको दाबी गर्दै आएका छन् । यो कुरामा टिप्पणी नगरेका उपप्रधानमन्त्री सिंहले भने समितिको प्रतिवेदनकै आधारमा कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

धेरैले काँग्रेसको अगामी महाधिवेशनमा सभापतिको दाबेदारका रूपमा हेरेका छन् नि भन्ने जिज्ञासामा मन्त्री सिंहले परिस्थिति अनुसार बढ्ने बताए । पार्टी सभापति शेरबहादुर देउवा स्वयंमले आफू रिटायरमेन्टमा जान लागेको बताएकाले दोहोरिने सम्भावना नरहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै सिंहले मुलुकलाई आर्थिक समृद्धि र स्थायित्व दिनका लागि नेपाली काँग्रेस र एमालेको सहकार्य आवश्यक परेको बताएका छन् । उनले अहिलेको संविधानलाई थप सान्दर्भिक बनाउने गरी संशोधन गर्ने समझदारी बनेको बताउँदै सबै पार्टीबीचको सहमतिका आधारमा अघि बढने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस