२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्छ : पूर्वअध्यक्ष रेग्मी

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विगतका संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानवअधिकार, समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्नेमा जोड दिएका छन् । 

दशौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिर्दै उनले स्थिरता,  जनसहभागिता,  हक अधिकारको संरक्षण र समृद्धि नै संवैधानिक मार्गचित्र हो भने । “हाल सरकार पक्षबाट संविधान संशोधनको विषय उठाइएको छ, यसमा सार्वजनिक चासो र बहस पनि भइरहेको छ । स्थिरता, जनसहभागिता,  हक अधिकारको संरक्षण र समृद्धि नै संवैधानिक मार्गचित्र हो र यसलाई संवर्द्धन गर्नु नै आजको लोकतन्त्रको सारभूत विषय पनि हो । हाम्रा सबै क्रियाकलाप यसैतर्फ केन्द्रित हुनुपर्दछ भन्ने लाग्दछ । यसप्रति सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

विगतको लामो सङ्घर्ष र जनआन्दोलनको कठिनतम प्रयासबाट नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गरेको स्मरण गर्दै पूर्वअध्यक्ष रेग्मीले वीर शहीदको बलिदान, घाइते, अपाङ्गता भएकाहरूको सङ्घर्षपूर्ण जीवनले नेपाली जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घच्याइरहेको उल्लेख गरे। “अब पनि पछि पर्ने अलमलिने र अलमल्याउने छुट कसैलाई छैन, आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका छन्”, सन्देशमा भनिएको छ । 

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्त्वपूर्ण विषय र आवश्यकता भएको औँल्याए । साथै सरकार र राजनीतिक दलले जनचाहनाअनुरूप गर्ने परिणाममुखी कामले मात्र जनआकाङ्क्षा पूरा हुने र संविधानको लक्षित उद्देश्यतर्फ अघि बढ्ने उनको विश्वास छ ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले संविधान दिवसको शुभ अवसरमा नेपाली जनताको आकाङ्क्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस् भन्ने अपेक्षा र कामना गरेका छन् ।