काठमाडौँ । आइतबार बस्ने तय भएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।
श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बस्ने भनिएको समितिको बैठक स्थगित भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रशासनलाई जानकारी दिए । अब अर्को बैठक सोमबार (भोली) दिउँसो १ बजे बस्ने उनले बताए ।
प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो । यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो । भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्यौलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् ।