२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरबीआई गभर्नरले भने-कृत्रिम बौद्धिकता सामना गर्ने गरी केन्द्रीय बैंकहरूले नयाँ युगको तयारी गर्नुपर्छ

अ+ अ-

काठमाडौँ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरूले २१औँ शताब्दीमा जलवायु परिवर्तन, भूराजनीतिक अस्थिरता, प्रविधि प्रगति र कृत्रिम बौद्धिकता जस्ता चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालयशम्सेर राणाको स्मृतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै यी सबै विषयमा सतर्कता अपनाउन र समयमै उपयुक्त नीति निर्माण गर्न केन्द्रीय बैंकहरू सक्षम हुनुपर्ने बताएका हुन् । यस्तो चुनौतीपूर्ण समयमा केन्द्रीय बैंकहरूले नयाँ युगको तयारी गर्न आवश्यक रहेको उनको तर्क छ ।

केन्द्रीय बैंकहरूले सधैं देशको आर्थिक र वित्तीय स्थायित्वको संरक्षकको भूमिका निर्वाह गरेको दासले बताए । हालका वर्षहरूमा विश्वव्यापी वित्तीय संकट, महामारी र मुद्रास्फीति जस्ता चुनौतीले केन्द्रीय बैंकहरूको भूमिकामा परिवर्तन ल्याएको उनको भनाइ थियो ।

आर्थिक स्थायित्व कायम राख्न नयाँ प्रविधि प्रयोग, मुद्रास्फीतिको लक्ष्य ध्यानमा राख्दै वित्तीय स्थायित्व पनि सुनिश्चित गर्न आवश्यक रहेको आरबीआई गभर्नर दासले बताए ।

भारतका सन्दर्भमा आरबीआईले यस्ता चुनौती सामना गर्दै नीति र उपकरण व्यापक प्रयोग गरी देशलाई आर्थिक रूपमा मजबुत बनाएको उनले बताए ।

मुद्रास्फीति नियन्त्रण र आर्थिक स्थायित्वबीच सन्तुलन कायम गर्दै आरबीआईले भारतको अर्थतन्त्रलाई स्थायित्वमा राख्न सफल भएको उनको भनाइ थियो ।

२१औँ शताब्दीका उदीयमान चुनौती सामना गर्दै केन्द्रीय बैंकहरूलाई निरन्तर सुधार र सशक्तीकरणको आवश्यकता भएको उनले बताए । नीतिगत नवप्रवर्तन र सजगता, आर्थिक स्थायित्वका लागि महत्त्वपूर्ण रहने उनको भनाइ छ ।