काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।
६ असोजमा काठमाडौँको शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो । प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । अदालतले ७ दिन म्याद थप गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राईको नेतृत्वमा पोखरामा खुलेको सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् ।