काठमाडौँ । प्रहरीका डीआईजी यज्ञ विनोद पोखरेलले अवकाश पाएका छन् । पोखरेललाई निमित्त आईजीपी टेकप्रसाद राईले बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा निमित्त आईजीपी राईले संगठनले सुम्पिएको जिम्मेवारी पोखरेलले इमान्दारिता पूर्वक पुरा गरेको बताए । उनलाई मायाको चिनो प्रदान गरेर राईले बिदाइ गरेका हुन्।
डीआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् । प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डिआइजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् ।







