७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले खानेपानी पाइपमा क्षति पुर्‍याउँदा पानी वितरण प्रभावित

अ+ अ-

दमौली (तनहुँ) । बिहीबार रातिदेखि परेको अविरल वर्षाले व्यास नगरपालिका–१ स्थित भादगाउँ खिरखादी खानेपानी आयोजनाअन्तर्गत मुहानमा मुख्य पाइपमा क्षति पुगेको छ । निरन्तरको वर्षापछि आएको बाढीले व्यास–१३ जब्दारीस्थित मुहान नजिकको मुख्य पाइपलाइनमा क्षति पुगेपछि पानी वितरण प्रभावित भएको हो । 

पाइपलाइन मर्मत भइरहेकाले केही दिन पानी वितरणमा समस्या आउने खानेपानी उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले बताए। उनले भने, “वर्षाका बेला यसअघि पनि यहाँ बाढी पहिरोको समस्या थियो । मुख्य पाइपमा ठूलो क्षति पुगेकाले अझै केही दिन पानी वितरण गर्न सकिँदैन ।”

गत भदौ पहिलो सातापनि वर्षासँगको बाढीपहिरोले व्यास–१३ निउरोघारीमा पाइपलाइन क्षति हुँदा एक सातासम्म पानी वितरण प्रभावित भएको थियो । हड्खलेले भने, “पहिरोले यहाँ बेलाबेलामा दुःख दिने गरेको छ । प्रत्येक महिनाजसो बाढीपहिरोले पाइपलाइन क्षति भइरहेको छ ।”

उक्त खानेपानी संस्थाले व्यास–१३ का दुई हजार छ सय ८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको हो । समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कुल २० लिटर पानी सङ्कलन गरी उपभोक्तालाई वितरण गरिरहेको जनाएको छ । 

समितिले नगर विकास कोषको सहयोगअन्तर्गत रु तीन करोड ८१ लाख ऋण लगानीमा आयोजना निर्माणको सम्झौता गरेको थियो । 

खानेपानी तथा सरसफाइ क्षेत्र सह–लगानी आयोजनाअन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग रु तीन करोड ८१ लाख ऋण सहयोगमा सम्झौता गरिएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए । 

व्यास–१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा सङ्घीय सरकारको ७० प्रतिशत अनुदान रकम, नगर विकास कोषबाट २५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत रकम उपभोक्ता समितिबाट बेहोर्ने गरी निर्माण थालिएको उनले जानकारी दिए ।

उक्त आयोजनाले सन् २०३३ सम्ममा छ हजार तीन सय ७८ परिवारलाई मुहान स्रोत र सम्पवेल पम्पिङमार्फत् चौबिसै घण्टा खानेपानी पु¥याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस