काठमाडौँ । अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरिएको छ ।
बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादवको नाम सर्वसम्मत अनुमोदन गरेको हो । उनले बुधवार आफ्नो कार्य योजना प्रस्तुत गर्दै राष्ट्र हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।