काठमाडौँ । पूर्वी भारतको पश्चिम बंगाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएका छन् भने अन्य घाइते भएको प्रहरीले जनाएको छ ।
पश्चिम बंगालको राजधानी कोलकाताबाट दुई सय १७ किलोमिटर उत्तरपश्चिममा रहेको वीरभूम जिल्लाको भादुलिया ब्लकमा रहेको गंगारामचक माइनिङ प्राइभेट लिमिटेडको कोलरीमा विस्फोट भएको हो । प्रहरीका अनुसार डिटोनेटरसहितको ट्रक अनलोडिङका लागि कोलरीमा आउँदा एक्कासि डिटोनेटर विस्फोट भएको थियो ।
“सुरुमा कोइला खानीमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो । पछि थप दुई जनाको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ”, एक प्रहरी अधिकारीले भने “घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो ।” विस्फोटको कारणबारे अनुसन्धान जारी छ ।