८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकाको विजयी सुरुवात, मालदिभ्स १-० ले पराजित

अ+ अ-

काठमाडौँ। साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बीको पहिलो खेलमा श्रीलंकालाई जित दिलाउन इमेँ अनुराधिनीले निर्णायक गोल गरिन् ।

खेलको १७औँ मिनेटमा इमेसा अनुराधिनीले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाईन् । पी एम परेराले दिएको क्रसमा बक्स भित्र अनमार्क रहेकी अनुराधिनीले हेड मार्फत गोल गरेकी हुन् ।

श्रीलंकाले खेलको दोस्रो हाफमा पनि गोल गर्ने केही अवसर बनाएको थियो तर सदुपयोग गर्न सकेन । माल्दिभ्सले भने खेल अवधिभर खासै आक्रमण गर्न सकेन।

श्रीलंकाले सन् २०१९ पछि साफ वुमन्स च्याम्पियनसिपमा पहिलो पटक गोल गरेको र खेल जितेको हो। सन् २०१९ मा विराटनगरमा भएको पाँचौँ साफमा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गर्दा श्रीलंकाका लागि चालिनीले दुवै गोल गरेकी थिइन्।

श्रीलंका साफ च्याम्पियनसिपमा चार खेलपछि पहिलो पटक गोल गरेको हो ।यस्तै श्रीलंकाले सन् २०१६ मा मालदिभ्ससँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

सन् २०१६ मा माल्दिभ्सले श्रीलंकालाई समूह चरणमा ५-२ ले परनजित गरेको थियो । माल्दिभ्सले साफ वुमन्स च्याम्पियनसिपमा गोल नगरेको खेल संख्या ७ पुगेको छ ।

माल्दिभ्सले पछिल्लो पटक सन् २०१६ मा भारतको सिलगुरीमा भएको चौथो साफमा समूह चरणमा भुटान विरुद्ध अन्तिम पटक गोल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस