१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउन छलफल

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुरु गरेका छन् ।

पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभा हलमा आज आयोजनाका महानिर्देशकसहित सातै प्रदेशका आयोजना प्रमुखसँगको समीक्षात्मक छलफलमा उनले कार्य प्रगतिबारे जानकारी लिएका थिए । उपप्रधानमन्त्री सिंहले आयोजना कार्यान्वयनका समस्या पहिचान गरी कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । “तपाहरूसँगको छलफलपछि समस्या के छ रु भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु”, उनले भने । 

छलफलमा आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखले चालु आर्थिक वर्षमा भएका उपलब्धि, भोग्नुपरेका समस्या र भइरहेका कामबारे  प्रस्तुतीकरण राखेका थिए । यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षति र बाढीपछि भएका कामबारे पनि जानकारी गराइएको थियो । आयोजना प्रमुखहरूले पूर्व तयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिने क्रम जारी रहने, एउटै आयोजनामा पनि दोहोरोपनाको समस्या रहेकाले यस्तो काम रोक्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्रालयका सचिव मणिराम गेलालले छलफलले चालु आवको विनियोजित कार्यक्रमहरू सम्पन्न गर्न देखा परेका समस्या, समाधानका उपाय र आयोजनाका तर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारे धेरै विषय प्रस्ट भएको बताए । यसले आगामी दिनमा काम गर्न थप सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस