२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु उद्योगबाटै दिगो विकास

अ+ अ-

२१ औं शताब्दीको विकाससँगै लघु, घरेलु तथा साना उद्योगको विकासले गति लिँदै गएको छ। विगतका वर्षहरूमा साना तथा कुटिर उद्योगहरू परम्परागत रूपमा मात्र अगाडि बढेका थिए। तर, अहिले आमसञ्चारका माध्यम र प्रविधिको विकाससँगै घरेलु तथा कुटिर उद्योगले निकै फड्को मारेको छ। चाहे शहरी क्षेत्रका उद्योग हुन् वा ग्रामीण इलाकाका, दुवै समान रूपमा अगाडि बढिरहेका छन्। साना उद्योगको विकाससँगै ठूला उद्योगको दिगो विकास मात्र हुँदैन, स्थानीय र प्रादेशिक सरकारहरू पनि सबल बन्ने निश्चित छ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि स्थानीय स्तरमा घरेलु उद्योगको सञ्चालनमा उल्लेख्य प्रगति भएको छ। देशभरका ७५३ वटै स्थानीय तहले उद्यमीको माग, चाहना र आवश्यकताअनुसार सीपमूलक तालिम सञ्चालन गरेर घरेलु उद्योगलाई प्रवर्द्धन गरेका छन्। स्थानीय स्तरमा पाइने कच्चा पदार्थको अधिकतम उपयोग गर्दा, त्यस क्षेत्रका उद्योगहरूले मात्र गति लिँदैनन्, त्यहाँका जनताको आयस्तरमा वृद्धि भई अर्थतन्त्र बलियो हुन पुग्छ। नेपाल विविधताले भरिपूर्ण मुलुक हो, जसमा जलसम्पदा, हिमाल र पर्यटकीय स्थलहरू छन्। यहाँ उत्पादन गरिएका वस्तुहरूको बजार स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत विस्तार भएको पाइन्छ, जसले उद्यमीलाई थप उत्प्रेरित गरेको छ।

साना उद्योगको महत्त्व
लघु, घरेलु तथा साना उद्योगहरूको विकास र विस्तार अहिलेको अपरिहार्य आवश्यकता हो। संघीयतापछि स्थानीय तहहरूमा उद्योग व्यवसाय दर्ता, सीप सिक्ने र सुविधा लिने कार्यहरू प्राथमिकतामा परेका छन्। संघीयताअघि घरेलु तथा साना उद्योग विकास समितिहरू र उद्योग विभागले सञ्चालन गरेका सीप विकास तालिमहरू निकै लोकप्रिय मात्र भएका थिएनन्, ती तालिमहरूबाट उद्यमी बन्नेको संख्या पनि बढेको थियो। अहिले मुलुकका सातवटै प्रदेश र ७५३ वटै स्थानीय तहमा आ–आफ्ना नियमावलीअनुसार तालिम र उद्यमशीलताका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। सीपविकास तालिमले आम्दानीको स्रोतको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

दिगो आर्थिक विकास
स्थानीय र प्रादेशिक सरकारहरूलाई बलियो बनाउन कुटिर तथा लघु र साना उद्योगहरूको दिगो विकास अपरिहार्य देखिन्छ। साना उद्योगको विकास भएपछि मात्र ठूला उद्योगहरूको क्रमिक विकास सुनिश्चित हुन्छ। यसका लागि घरेलु उद्योग प्रशिक्षक केन्द्र र सिपयुक्त प्राविधिक जनशक्तिलाई स्थानीय सरकारको आवश्यकताअनुसार प्रयोग गर्नु महत्त्वपूर्ण छ। यस्ता उद्योगले गरिबी निवारण र रोजगारी सृजनामा पनि ठूला योगदान पुर्‍याएका छन्।

स्थानिय स्रोत साधनको परिचालन, रोजगारी सिर्जना, र स्वदेशी कला तथा परम्पराको संरक्षणमा पनि लघु, घरेलु तथा साना उद्योगहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्। यस्तै उद्योगहरूले निर्यातमा वृद्धि र आयात प्रतिस्थापनमा पनि योगदान पुर्‍याएका छन्। नेपालमा सीपमूलक तालिमहरू सञ्चालन गरेर वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै काम गर्न उत्प्रेरित गरिएको पाइन्छ। स्थानीय सरकारहरूले उद्यमशीलतालाई प्रवर्द्धन गर्न तालिमहरू प्रदान गर्दै उद्यमी निर्माण गरेका छन्।

भविष्यका लागि चुनौतीहरू
साना तथा कुटिर उद्योगहरू सञ्चालन गर्नका लागि न्यून लगानी पर्याप्त हुन्छ। यो उद्योगहरू सफल बनाउन सीप र इच्छाशक्ति महत्त्वपूर्ण हुन्छ। सीपविना सञ्चालन गरिएका उद्योगहरू दीर्घकालीन रूपमा टिक्न सक्दैनन्। तसर्थ, उद्यमशीलता विकास तालिमले उत्पादन र बजार व्यवस्थापनलाई प्रभावकारी बनाएको छ। स्थानीय स्तरमा नवप्रवर्द्धन कार्यक्रमहरू ल्याएर युवाहरूलाई रोजगारी सिर्जना गर्ने योजना निर्माण गरिएको छ, जसमा गण्डकी प्रदेश सरकारले पनि ठूलो ध्यान दिएको छ।

छिमेकी मुलुक भारतमा महात्मा गान्धीले साना तथा कुटिर उद्योगमार्फत ठूला आर्थिक सुधारहरू गरेका थिए। नेपालमा पनि यस्तै उद्योगहरूको विकास गर्न कम लगानीमा ठूला उपलब्धि हासिल गर्न सकिने सम्भावना छ। यो अवसरलाई समातेर स्थानीय सरकारहरूले उद्यमशीलतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ।

साना तथा कुटिर उद्योगहरूले न केवल आर्थिक गतिविधिमा टेवा पुर्‍याएका छन्, तर परम्परा, संस्कृति र सामुदायिक सशक्तिकरणमा पनि ठूला योगदान दिएका छन्। यसैले, दिगो विकासका लागि यी उद्योगहरूको विकासमा सबै निकायको सक्रिय सहभागिता आजको आवश्यकता हो।

(लेखक म्याग्दे गाउँपालिका, तनहुँमा अधिकृत सातौं पदमा कार्यरत छन्)