काठमाडौँ । लोक सेवा आयोगले सिनियर मेकानिक्स र मेकानिकल सुपरभाइजर पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले मंगलबार सूचना जारी गरी सिनियर मेकानिक्स र मेकानिकल सुपरभाइजर पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
आयोगले लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं १२०११-१२०१२/०८०-८१ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, सिनियर मेकानिक्स पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
यस्तै आयोगले मंगलबार लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं १२०१०/०८०-८१ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर पदको लिखित नतिजा पनि प्रकाशन गरेको छ ।