२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री यादवसँग एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवसँग एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसले आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा उनीहरूबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना निर्माणलगायत विविध विषयमा छलफल भएको छ । 

भेटमा वीगञ्ज, विराटनगर, धरान, जनकपुरमा स्वच्छ खानेपानी तथा ढल व्यवस्थापनको उचित प्रबन्ध गर्ने विषयमा छलफल भएको खानेपानी मन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा मन्त्री यादवले नेपालको तराई–मधेसमा देखिएको खानेपानीको समस्या एवं जलवायु परिवर्तनका कारण भूमिगत पानीको सतह घट्दो क्रममा रहेको विषय उजागर गरेको थियो ।

मन्त्री यादवले तराईका चापाकल सुकिरहेकाले त्यहाँका नागरिकले आर्सेनिकयुक्त प्रदूषित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्नेमा जोड दिएको भेटमा सहभागी सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए । उनका अनुसार मन्त्री यादव एवं कन्ट्री डाइरेक्टर कौकोइसबीच काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण गर्नका लागि सुन्दरी जलमा थप दैनिक २५ करोड ५० लाख लिटर क्षमताको नयाँ पानी प्रशोधन केन्द्र निर्माण कार्य अगाडि बढाउने विषयमा विचार विमर्श भएको छ ।

एडिबीले नेपालका महत्त्वपूर्ण विकासका आयोजनामा गरेको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री यादवले आगामी दिनमा समेत सहकार्य हुने आशा व्यक्त गरे ।

सो अवसरमा निर्देशक कौकोइसले एडिबीले नेपाल सरकारलाई विगतदेखि सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारका सहयोगको निरन्तरता रहने प्रतिबद्धता गर्नुभएको सहसचिव दुवाडीले जानकारी दिए ।