१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामपुरमा नेवाः समाजको सांस्कृतिक संग्रहालय बन्दै

अ+ अ-

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा नेवाः समुदायको सांस्कृतिक संग्रहालय निर्माण सुरु भएको छ । नेवारी समुदायको कला संस्कृतिको जगेर्ना गर्न नेवाः समाज रामपुर पाल्पाले भवन निर्माणको थालनी गरेको हो ।

रामपुर नगरपालिका-४ स्थित गैराबारीमा करिब एक रोपनी क्षेत्रफलमा तीनतले भवनसहितको संग्रहालय निर्माण सुरु गरिएको नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले बताए । नयाँ पुस्तालाई पुराना मौलिक कला संस्कृतिबारे अवगत गराउन सङ्ग्रहालय बनाउन थालिएको अध्यक्ष श्रेष्ठ बताए ।

संग्रहालय निर्माणका लागि संघीय र प्रदेश सरकारबाट रकम विनियोजन भएको छ । दुई चरणमा गरेर संरचना निर्माणको काम सक्ने योजनाका साथ निर्माणको काम अघि बढाइएको छ । 

पहिलो चरणमा संघीय सरकारबाट विनियोजन भएको रु. १८ लाख र जनश्रमदान गरी रु. २१ लाख १७ हजार चार सय ९६ बराबरको रकमबाट भवन निर्माण हुनेछ भने दोस्रो चरणमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित रु २५ लाखको काम ठेक्काबाट हुने नेवाः समाजका सचिव विमल श्रेष्ठले जानकारी दिए । चालु आर्थिक वर्षमा रु. ४६ लाख १७ हजार चार सय ९६ बराबरको रकमबाट काम हुने बताइएको छ ।

परम्परागत रूपमा चलनचल्तीमा आएका कला, संस्कृतिलाई लोप हुन नदिन नेवाः समाजले गरेको यस कार्यले नयाँ पुस्ताले आफ्नो संस्कृतिबारे धेरै जानकारी पाउनेछन् । 

यहाँ निर्माण हुन लागेको संग्रहालयमा नेवार समुदायको मात्र नभई अन्य जातजाति, समुदायमा प्रचलित संस्कृतिलाई समावेश गरेर राख्ने समाजले जनाएको छ । पहिलो तलामा सभा हल, दोस्रो तलामा संग्रहालय र तेस्रो तलामा कार्यालय भवन रहनेछ ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले कला संस्कृतिको संरक्षणका लागि संग्रहालयले रामपुरको सांस्कृतिक पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । 

भवनको शिलान्यास प्रदेश सभा सदस्य श्रेष्ठले गरेका हुन् । रामपुरमा रहेका नेवाः समुदायले आफ्नो मौलिक संस्कृति जोगाउने अभियानमा जुटेको छ । यस आयोजनाबाट सात सय जना लाभान्वित हुने समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस