७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्जका पोखरी छठ पर्वका लागि सिँगारियो

अ+ अ-

पर्सा । पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगञ्ज महानगरभित्रमात्रै एक दर्जन भन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ ।

प्रायजसो: यहाँका सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजा अर्चना गर्ने परम्परा रहेको छ । सोही अनुसार यहाँका सर्वसाधारणले आ-आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पार्ने काम गरिरहेका छन् ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह पनि वीरगञ्ज महानगरभित्र मनाइने छठ घाटहरूको नियमित रूपमा निरीक्षण गरिरहेका छन् । उनले छठ पर्वलाई भव्य र सभ्य ढंगले मनाउने गरी तयारी तीव्र पारिएको जानकारी दिए । वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ । यीबाहेक अन्य स्थानमा पनि छठका लागि आ-आफ्नो ढंगले झकिझकाउ गर्ने काम भइरहेको छ ।

वीरगञ्ज महानगरभित्र सजावट र झकिझकाउको हिसाबले भने घडीअर्वा पोखरीमा विशेष गर्ने गरिन्छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साह कानुले घडीअर्वा पोखरीमा मनाइने छठ पर्वको झकिझकाउ सजावट हेर्नका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय सहरका पर्यटकहरूको पनि घुइँचो लाग्ने बताउँछन् ।

“घडीअर्वा पोखरीमा छठ पर्वको सजावट हेर्नका लागि नेपालका काठमाडौँ, पोखरा, नारायणघाट, बुटवल, चितवनलगायत सबै सहरका सर्वसाधारणलाई चुलो निम्तोसहित आउनका लागि अनुरोध गर्दछु,” उनले भने, “नेपालका मात्रै होइन, भारतको विहार राज्य, उत्तर प्रदेश लगायतका ठाउँमा बसोबास गर्ने पनि यहाँको मनोरम दृश्य हेर्न आउने गर्छन् ।” 

समितिका अध्यक्ष कानुले घडीअर्वा पोखरीमा मनाउने छठ पर्व सुरक्षा, सजावट र सप्तरंगी बत्तीको झिलीमिलीले पनि अवलोकनकर्ताको मन जित्ने दाबी गरे । “हामीले विगत २२ वर्षदेखि घडीअर्वा पोखरीमा छठी माताको पूजाअर्चना गर्दै आइरहेका छौँ,” उनले भने, “हामीले छठ पूजामा घडीअर्वा पोखरीको सजावट र डेकोरेसनका लागि कुनै पनि प्रकारको सम्झौता गर्दैनौँ । हाम्रो झिलिमिली बत्ती, पण्डाललाई निकै आकर्षक ढंगले सिँगारिएको छ ।” समितिका अनुसार पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी जगदीश टेन्टले पाएको छ ।

तराई-मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्ततिको सुख समृद्धिको कामना गर्दै मनाउने गरिन्छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठ पर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरी सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानुनले घडीअर्वा पोखरीभित्रको सरसफाइलाई पनि तीव्र बनाएको जानकारी दिए । “पूजाअर्चना गर्दा पोखरीमा दियोबत्ती खसेर बसेका हुन्छन्,” उनले भने, “पोखरीलाई शुद्ध र स्वच्छ बनाउनका लागि पनि सरसफाइको कार्यलाई निकै प्राथमिकता दिँदै आइरहेका छौँ ।” वीरगञ्ज महानगरले पनि घडीअर्वा पोखरीको वरपर डेंगुको सङ्क्रमण बढ्न सक्ने भन्दै ‘सर्च एन्ड डिस्ट्रोय’ गर्ने पनि काम गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस