काठमाडौँ । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको अदालतको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे बताए ।
घिमिरेका काअनुसार उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गरेको थियो । उच्चको फैसलाविरुद्ध मनाङे निवेदन लिएर सर्वोच्च पुगेका थिए ।
मनाङेको मागदाबी नपुग्ने फैसला भएको अदालतले जनाएको छ । उच्च अदालतले मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।