काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतममाथि आक्रमणमा संलग्न दुई अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले ४१ वर्षीय मिलन लामा भनिने दिलबहादुर गङदान र ३० वर्षीय टासी भनिने सञ्जिव लामालाई थुनामा राखेर अनुसन्धान गर्न आदेश सुनाएका हुन् ।
गत असोज २१ गते राति गौतममाथि उनको घर नजिक रड प्रहार भएको थियो । सख्त घाइते अवस्थामा उनलाई छिमेकीले उद्धार गरेका थिए । उपचारपश्चात उनको अवस्था सुधारोन्मुख छ ।