२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पूर्णबहादुरको सारंगी’ ले बनायो सर्वाधिक ‘शो’ को कीर्तिमान

अ+ अ-

काठमाडौँ । सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारंगी’ले अहिलेसम्मकै सर्वाधिक ‘शो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । वितरकका अनुसार आज हलहरूले यस चलचित्रलाई ३८० भन्दा बढी शो दिएका छन् ।

यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ शो पाएर कीर्तिमान बनाएको थियो । तर, एक महिनाभित्रै उक्त रेकर्ड ब्रेक भएको हो । ‘बेहुली फ्रम मेघौली’ सोलो रिलिज भएकाले सुरुवातमै त्यति धेरै शो पाएको थियो । जबकि पूर्णबहादुरको सारंगीलाई सुरुमा हलवालाहरूले पत्याएका थिएनन् ।

कात्तिक १५ बाट प्रदर्शन भएको यस चलचित्रलाई पहिलो दिन नेपालभरि जम्मा १०८ शो मात्र दिइयो । तिहारको अघिल्लो दिन शुक्रबार दुई भारतीय फिल्म रिलिज भएसँगै हलहरूले यस चलचित्रलाई जम्मा ५७ शोमा खुम्च्याइदिए । भारतीय चलचित्र ‘सिंघम अगेन’ लाई उनीहरूले १२१ शो र ‘भुलभुलैया ३’ लाई ८३ शो दिएका थिए ।

तर, ‘पूर्णबहादुरको सारंगी’ले दर्शकको अभूतपूर्व माया र साथ पायो । माउथ पब्लिसिटी व्यापक भएपछि हल सञ्चालकहरूले यस फिल्मको शो थप्न बाध्य भए ।

वितरक प्रचण्डमान श्रेष्ठका अनुसार ‘पूर्णबहादुरको सारंगी’ले आज ४०० भन्दा बढी सोहरू पाएको छ । चलचित्रले आधिकारिकरुपमा ३८० भन्दा बढी शो चलिरहेको बताएको छ ।

शो बढेसँगै चलचित्रको व्यापारमा रफ्तारमा छ । पहिलो र दोस्रो दिन फिल्मले ठिकठिकैको व्यापार गरे पनि तेस्रो दिनबाट व्यापारको ग्राफ उकालो लागेको वितरक श्रेष्ठ बताउँछन् ।

करिब डेढ करोड लागतमा बनेको फिल्मले अनुमानित ८.२५ करोडमाथिको व्यापार गरिसकेको छ । क्यूएफएक्सले चलचित्रलाई ‘सुपरहिट’ को श्रेणीमा राखिसकेको छ । अहिले पनि हलमा दर्शक खचाखच छन् । टिकट सहजै पाउने अवस्था छैन । दर्शकको डिमान्डका कारण कतिपय हलहरूले मध्यरातमा पनि फिल्म चलाएका छन् ।