२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारमा सेलरोटी बिक्री गरेर एक लाख आम्दानी

अ+ अ-

बाँके । नेपालगञ्ज-१० आदर्शनगर निवासी रिता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन् । उनले दुई वर्षदेखि सेलरोटी बनाइ बिक्री गर्दै आएका छन् । उनले भनिन् “म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन् ।”

दैनिक रूपमा माग अनुसार ५० देखि एक सय सेलरोटी पकाएर बिक्री वितरण गर्ने गरेको उनी बताउँछिन् । अन्य समयमा भन्दा दसैँ तिहारमा रोटी पकाउन भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ । 

“अन्य बेला भन्दा दसैँतिहारलगायत चाडपर्व र कार्यक्रममा सेलरोटीको माग बढी हुने गरेको छ”, उनले भनिन् “सेलरोटीका लागि अहिले नेपालगञ्ज बाहिर कोहलपुर, खजुरा, राँझा विमानस्थलबाटसमेत माग भइरहेको छ ।”

केही समय वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कुवेत गएर फर्केकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी रोटी र झिनिया बिक्री गरेर रु एक लाखभन्दा बढी आम्दानी गरेकी छन् ।

गुरुङले यो तिहारमा लागि झिनिया (सिन्कामारी) फिनी, सेल तथा बतासा रोटी बनाएर बिक्री गरेको बताइन् । “मैले प्रत्येक वर्ष तिहारका लागि झिलिंगा (सिन्कामारी) फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको छु, ग्राहक यहीँ आउनुहुन्छ”, गुरुङले भनिन् “एक पटक आएका ग्राहक बारम्बार आउने गर्नुभएको छ ।”

यो वर्षको तिहारमा झिनिया (सिन्कामारी) रोटी प्रतिगोटा रु. ३०, फिनीरोटी प्रतिगोटा रु. ४०, सेलरोटी प्रतिगोटा रु. ३० र बतासा रोटी प्रतिगोटा रु. १५ मा बिक्री गर्ने गरेको गुरुङले बताइन् । सिजनको समयको रोटी व्यवसायले राम्रो आम्दानी हुनुका साथै घर खर्च गर्न निकै सहज भएको उनको भनाइ छ । 

“म केही वर्षअघि रोजगारीका लागि विदेशसमेत गएर फर्के, विदेशमा काम गर्न अत्यन्तै गाह्रो हुँदो रहेछ, आफूले सोचेको र भनेको जस्तो नहुँदो रहेछ”, गुरुङले भनिन, “विदेशमा दुःख पाउनुभन्दा बरु आफ्नै देशमा फर्केर सानोतिनो भए पनि केही काम गर्छु भनेर नेपाल फर्के, यहाँ अहिले आफ्नै मेहनतले राम्रै आम्दानी भएको छ ।”

विदेशबाट फर्केर खोलेको खाजा नास्ता पसलसँगै सेलरोटी बनाउने उद्यमले अहिले रिताले आफ्नो घरपरिवार पाल्नेदेखि छोराछोरीको पढाई खर्च जुटाएका छन् । “खाजा नास्तासँगै चाडबाडमा त्यसमा पनि तिहारका बेलामा रोटी बिक्रीबाट राम्रो आम्दानी पनि भइरहेको छ, अहिले त अर्डर पुर्‍याउन पनि गाह्रो भइरहेको छ, बिहानैदेखि रातिसम्म रोटी बनाउन भ्याइनभ्याइ छ”, उनले भनिन् “यो तिहारमा राम्रै बिक्री भयो, ठ्याक्कै हिसाब त गरेको छैन तर एक लाखभन्दा धेरै नै आम्दानी भयो ।”

रोजगारीका लागि भतारिएर ठूलो रकम खर्च गरेर विदेश जानभन्दा सानोतिनो लगानीमा स्वदेशमै केही उद्यम व्यवसाय गर्नसके बिस्तारै राम्रो आम्दानी हुने उनको भनाइ छ । उनको सेलरोटी पसलमा ग्राहकको बिहानैदेखि खचाखच हुने गरेको छ ।