२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

अ+ अ-

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढंगले सञ्चालन गर्न छलफल भएको छ ।

समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरूको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिए । समितिमा विचाराधीन विधेयकलाई चाँडो टुंग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरूको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उनको भनाइ छ ।

“संसदीय समितिका बैठकहरूमा गणपूरक संख्या (कोरम) नपुग्ने समस्या छ । कोरम नपुर्‍याई छलफल र निर्णयहरू गर्न नियमले मान्दैन”, आजको बैठकमा उनले भने, “सभामुखले पनि यस विषयमा चासो देखाउनु भएको छ । समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई जानकारी गराउने र सदस्यहरूको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको छ ।”

समितिको आजको बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्रीले समितिका काम प्रभावकारी बनाउन कार्यतालिका बनाएर कडाइका साथ लागू गरिनुपर्ने बताए। समितिमा गणपूरक संख्या नपुगेर विधेयक माथिका छलफल प्रभावित हुन नहुने उनको भनाई थियो ।

त्यस्तै, सांसद जुली कुमारी महतो (महासेठ) ले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयहरूलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताइन् ।

अर्थ समितिमा अहिले पाँच वटा विधेयक विचाराधीन छन् । ती विधेयकमाथि चाँडो छलफल गरेर टुंग्याउनुपर्ने धारणा समितिका अधिकांश सदस्यहरूको मत छ । 

चाडबाडहरू सकिएको र अहिले संसदको हिउँदे अधिवेशन समेत सुरु नभएको अवस्थामा समितिका गतिविधिहरू बढ्नुपर्ने विषय समितिमा उठेको थियो । त्यस्तै, आगामी मंसीर १६ गतेका लागि तय भएको उपनिर्वाचन अघि समितिका बैठक प्रभावित हुनसक्ने धारणा सांसदहरूको थियो ।