२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी आक्रमणमा ६ जनाको मृत्यु भएपछि युक्रेनद्वारा हवाई सतर्कता जारी

अ+ अ-

काठमाडौँ । देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा छ जनाको मृत्यु भएको छ भने युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् ।

“ध्यान दिनुहोस् १ सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा १ मिग-३१के उडान भयो”, युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै पोस्ट गरेको छ ।

यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी युक्रेनमा कम्तीमा छ जनाको मृत्यु भएको छ । यो घटना मस्को र किएभले एक अर्कामाथि रेकर्ड सङ्ख्यामा राति ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो ।

क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी सहर मिकोलाइभमा पाँच जनाको मृत्यु भएको छ भने जापोरिझ्जियामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

“पाँच जनाको मृत्यु भएको छ”, मिकोलाइभका गभर्नर भिटाली किमले सोमबार बिहान टेलिग्राममा लेखे । यसअघि चार जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा धेरै आवासीय भवनमा आगलागी भएको थियो ।

पूर्वतर्फ करिब तीन सय किलोमिटर टाढा जापोरिझ्जियामा युक्रेनको राज्य आपत्कालीन सेवा एजेन्सीले रुसले गरेको तीन वटा हवाई आक्रमणमा एक पुरुषको मृत्यु भएको र धेरै भवन क्षतिग्रस्त भएको जनाएको छ ।

जापोरिझ्जियाका गभर्नर इभान फेडोरोभका अनुसार पाँच बालबालिकासहित १८ जना घाइते भएका छन् । “चार, १६ र १७ वर्षका बालक र १५ र १७ वर्षका बालिकाले आवश्यक चिकित्सा सहायता पाएका छन्”, उनले टेलिग्राममा भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि एक सय ४५ वटा ड्रोन प्रहार गरेको छ । यो जुन द्वन्द्वका क्रममा एकै रातको आक्रमणमा अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

रुसले आइतबार मस्कोतर्फ लक्षित ३४ वटा युक्रेनी ड्रोन खसालेको पनि बताएको छ । यो सन् २०२२ मा युद्ध सुरु भएयता राजधानीमाथि गरिएको सबैभन्दा ठूलो आक्रमण प्रयास थियो ।