काठमाडौँ । नेपाली सेनाले प्राड/प्राविधिक/हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदमा दरखास्त आह्वान गरेको हो ।
आवेदन आगामी मंसिर २९ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ ।



