२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिजैविक प्रतिरोधका कारण वार्षिक ७ लाख जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । प्रतिजैविक प्रतिरोधका कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसको मृत्यु हुने गरेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालजस्ता विकासोन्मुख देशमा प्रतिजैविक प्रतिरोधको प्रभाव अझै गम्भीर हुने जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुधारका उपाय नअपनाएमा यो संख्या सन् २०५० सम्म एक करोड पुग्न सक्ने र विश्वव्यापी आर्थिक क्षति १०० ट्रिलियन अमेरिकी डलर बराबर हुनसक्ने अनुमान गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

संक्रमणको उपचारमा प्रयोग हुने औषधि, विशेष गरी एन्टिबायोटिक्स, प्रभावहीन हुँदै जानु नै प्रतिजैविक प्रतिरोध हो । यस समस्याले रोगको उपचार कठिन बनाउँदै लगेको छ । जसले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणमा गम्भीर असर पुर्‍याइरहेको छ ।

एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रूपमा देखा परेका छन् । विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियालाई भविष्यमा मानिसमाथि आइपर्ने १० प्रमुख स्वास्थ्य समस्यामध्ये एक मानेको छ । विज्ञले एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको विश्वव्यापी संकटलाई ‘लुकेको महामारी’को संज्ञा दिएका छन् ।

एन्टिबायोटिकको दुरुपयोग र अनावश्यक प्रयोगका कारण रोग गराउने जीवाणुहरूमा प्रतिरोध क्षमता विकसित हुँदै गएको मन्त्रालयले जनाएको छ । यसले गर्दा त्यस्ता जीवाणुहरूले गराउने रोगहरूको उपचार झन् कठिन र प्रभावहीन बन्दै गएको छ ।