काठमाडौँ । अछामको ढकारी गाउँपालिका बडा नम्बर ३ नवागाउँ कोईरेलीका सुरत बुढाले सहयोगको लागि अपिल गरेका छन् । ढुंगाले टाउकोमा लागेर हप्ता दिन देखी बेहास रहेकी श्रीमती सुर्जा बुढाको उपचारको लागी आर्थिक सहयोग जुटाइदिन अपिल गरेका हुन् ।
टाउकोको अप्रेसन गर्नुपर्ने डाक्टरले भनेका छन् । गएको कार्तिक २८ गते खेतमा पानी लगाउने सिचाइको कुलो खन्ने क्रममा अचानक माथिबाट खेसेको ढुंगा उनको टाउकोमा लागेपछि बेहोस भएकी थिइन् । जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।
डाक्टरको सल्लाह अनुसार सुर्जाको टाउकोमा गहिरो चोट लागेका कारण तत्काल अप्रेसन गर्नु पर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भइरहेको उनका श्रीमान् सुरत बुढाले बताए । आफ्नो घरको आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोग नआए सुर्जाको उपचार रोकिने उनले बताए ।
बेहोस अवस्थामा रहेकी बुढाको उपचारका लागि दैनिक औषधी किन्न र आइसियुको पैसा तिर्न समेत कठिन भइरहेको सुरत बुढाले बताए । २७ बर्षीया सुर्जाका एक छोरा र एक छोरी रहेको छन् ।
सहयोगको लागि श्रीमान् सुरत बहादुर बुढाको कृषि विकास बैंक मंगलसेन अछाममा रहेको खाता नम्बर ०८२२६०५५२३४३००१८ मा पैसा पठाएर सहयोग गरिदिन अनुरोध गरिएको छ ।







