१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार

अ अ+ अ-

बागलुङ । जिल्लाको पर्यटकीय क्षेत्र ढोरपाटनमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । 

ढोरपाटन उपत्यका गएको बिहीबारदेखि केन्द्रीय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ । बुर्तिबाङदेखि ढोरपाटनको नवी हुँदै छेन्तुङसम्म विस्तार गरिएको ११ केभी विद्युत् प्रसारण लाइन नियमित सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण शाखा प्रमुख दिलिप मरासिनीलेले जानकारी दिए । 

नेपाल विद्युत् प्राधिकरणको रु १८ करोड लागतमा निर्माण गरिएको उक्त प्रसारण लाइन करिब ३५ किलोमिटर लामो छ । लाइन विस्तारको काम सम्पन्न भए पनि विभिन्न प्राविधिक समस्याका कारण विद्युत् सञ्चालनमा आउन सकेको थिएन ।  प्रसारण लाइनको आवश्यक मर्मत तथा विभिन्न प्राविधिक समस्या समाधानपछि  विद्युत् सेवा सञ्चालनमा आएको छ । 

 वितरण केन्द्रले सम्बन्धित निकायसँग समन्वय गरी प्राविधिक समस्या समाधान तथा आवश्यक मर्मत गरेपछि विद्युत् आपूर्ति सुरु हो । ढोरपाटनमा विद्युत् पुगेपछि यहाँको जनजीवन सहज हुने ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताए। लघुजलविद्युत् र सोलारमा निर्भर ढोरपाटन उपत्यकामा मौसममा खराबी आउँदा सञ्चार सम्पर्कसमेत विच्छेद हुँदै आएको थियो । 

बुर्तिबाङ सबस्टेसनको ११ केभी बुर्तिबाङ फिडरअन्तर्गत रहेको उक्त प्रसारण लाइन सञ्चालनमा आएसँगै बोबाङ, फल्लेघर, देउराली, नवी हुँदै छेन्तुङसम्मका करिब १३ वटा ट्रान्सफर्मर चार्ज भएका छन् । त्यससँगै उक्त क्षेत्रका उपभोक्ताले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् उपभोग गर्न पाउने भएका छन् ।

वितरण केन्द्रका प्रमुख मरासिनीका अनुसार अब उक्त क्षेत्रका उपभोक्ताले विद्युत् जडानका लागि जुनसुकै समयमा पनि बुर्तिबाङस्थित नो लाइट शाखामार्फत आवेदन दिन सक्नेछन् । ढोरपाटनमा विद्युत् पुगेपछि अन्धकार रहेको निसेलढोरमा विद्युत् पुर्‍याउने बाटो खुलेको छ ।

 विद्युत् सञ्चालनमा आएसँगै ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेजको समस्या समाधान भएको छ ।  केन्द्रीय विद्युत्को पहुँचमा तीन हजार मिटरको उचाइमा रहेको ढोरपाटन पुगेपछि  स्थानीय बासिन्दाको जनजीवन, पर्यटन, उद्योग तथा आर्थिक गतिविधिमा सहज हुनेछ । ढोरपाटनमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धिभएपछि विद्युत्को माग बढ्दै गएको छ । त्यस क्षेत्रमा गत आर्थिक वर्षमा ३७ हजार पर्यटक पुगेका थिए ।

0 Comments