१२ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी

अ अ+ अ-

तेहरान । इरानले हर्मुज जलघाँटीको पूर्वी क्षेत्रदेखि उत्तरी हिन्द महासागरसम्मको रणनीतिक जलक्षेत्र आफ्नो नौसेनाको नियन्त्रणमा रहेको दाबी गरेको छ । अमेरिका र इरानबीच समुद्री तनाव बढिरहेका बेला इरानी सेनाले यस्तो दाबी गरेको हो ।

सरकारी प्रसारक आइआरआइबीका अनुसार इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अक्रमिनियाले नौसेनाले उक्त क्षेत्रमा निगरानी र सुरक्षा कायम राखेको बताए। उनले यसअघि इराकको तत्कालीन बाथिस्ट नौसेनालाई पराजित गरेको प्रसङ्ग उल्लेख गर्दै वर्तमान द्वन्द्वमा पनि इरानी नौसेनाले आफ्नो नियन्त्रण कायम राखेको दाबी गरे । 

यसैबीच, इरानी नौसेना कमान्डर एडमिरल सहराम इरानीले अमेरिकी नौसैनिक नाकाबन्दीलाई वासिङ्टनको रणनीतिक कमजोरीको संकेत बताएका छन् । उनले नाकाबन्दीका बाबजुद इरानका बन्दरगाह सञ्चालनमा रहेको र आफ्ना जहाजलाई सुरक्षा दिइएको दाबी गरे ।  युद्धको दोस्रो दिन अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिंकनमाथि इरानले प्रहार गरेको उनको दाबी भने स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी उल्लङ्घन गर्ने प्रयास गरेको पलाउको झण्डावाहक व्यावसायिक जहाज एमभी प्यासिफिक आर्चरलाई शुक्रबार निष्क्रिय बनाएको जनाएको छ । पटकपटक चेतावनी दिँदा पनि निर्देशन पालना नगरेपछि जहाजको सञ्चालन प्रणालीमा सटीक हतियार प्रहार गरिएको र त्यसमा रहेका चालकदलका सदस्य सुरक्षित रहेको सेन्टकमले जनाएको छ ।

सेन्टकमका अनुसार नाकाबन्दी पालना नगर्ने छवटा जहाज निष्क्रिय पारिएका छन् भने अन्य १५८ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराइएको छ ।

यसैबीच, इरानी सरकारी प्रसारक आइआरआइबीले हर्मुज जलघाँटीमा अनुमति नलिएको समुद्री मार्गबाट अघि बढ्न खोजेको एउटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएको जनाएको छ । घनाम टापुको उत्तरतर्फ भएको भनिएको उक्त घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

0 Comments