७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखाको दुर्गम गाउँमा तयार भयो ५ शय्याको अस्पताल

अ+ अ-

काठमाडौँ। उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण भएको छ ।

देशभरका सबै पालिकामा आधारभूत अस्पताल बनाउने सरकारको योजना अनुरूप धार्चे गाउँपालिका-३ खोर्लावेशीमा अस्पताल निर्माण गरिएको हो ।

स्वीटजरल्याण्डको अर्थ सी एयर नामक संस्था र गाउँपालिकाको साझेदारीमा अस्पताल भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए । भवनमा पाँच वटा ब्लक रहेको छ ।

अस्पताल निर्माणका लागि १२ असोज २०७६ मा छाया नेपाल र पालिकाबीच सम्झौता भएको थियो । पालिकाका अनुसार भवन निर्माण कार्य गत बर्ष नै सकिएको हो । अस्पतालको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सांसद सुशीला सिंखडा र गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले उद्घाटन गरेका छन् ।

सो अस्पतालमा २४ घण्टा आकस्मिक सेवा, सामान्य चिकित्सा सेवा, ओपिडी सेवा, प्रसूति सेवा, ल्याब सेवा, खोपसम्बन्धी सेवा, दन्त सेवा, इसिजी, एक्स-रे, भिडियो एक्स-रे, फार्मेसी सेवा उपलब्ध हुने बताइएको छ । पोष्टमार्टम र शव परीक्षण सेवाहरू पनि उपलब्ध हुने पालिकाले जनाएको छ ।

पालिकाका अनुसार अस्पतालको जनशक्तिका रूपमा हाल दुई जना मेडिकल अफिसर, तीन जना स्टाफ नर्स, तीन जना हेल्थ असिस्टेन्ट, एक जना रेडियोग्राफी, एक जना फार्मेसी एसिस्टेन्ट, एक जना ल्याब टेक्निसियन, एक जना डेन्टल हाइजिनिक र चार जना कार्यालय सहयोगी रहेका छन् ।

आधारभूत अस्पताल निर्माण भएसँगै अहिले धार्चेसँगै चुमनुब्रीका स्थानीय बासिन्दालाई पनि स्वास्थ्य सेवा लिन निकै सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस