काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा विदेश गएर नफर्किने प्राध्यापक खोज्न थालेको छ । प्राध्यापकबाट अध्ययन बिदाको चरम दुरुपयोग भएको चर्चापछि त्रिविले आफ्नो शिक्षकको खोजी गर्न लागेको हो ।
२०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । तर, यसको रेकर्ड त्रिविसँग छैन । १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् । यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने यकिन छैन । त्यसैले पहिलो चरणमा तथ्यांक संकलन गर्न लागिएको त्रिविले जनाएको छ ।
१० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम १ अर्ब ७६ करोडभन्दा धेरै हुन आउँछ ।