७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग युएईका राजदूत शम्सीको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्धलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत् सम्बन्ध रही आएकामा सन्तोष व्यक्त गर्दै दुई मित्रवत् देशबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानले एकापसमा सहकार्यका लागि थप अवसर प्रदान गर्दै आएको बताएको उपराष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

उनले युएईको ५३औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा शुभकामना दिँदै हालै ‘फ्लाई दुबई’ ले गौतमबुद्ध विमानस्थलमा सीधा उडान सञ्चालन गरेकोमा धन्यवाद दिए । साथै ‘एयर अरेबिया’ विमान सेवाको उडान सञ्चालन गर्न महामहिम राजदूतको समन्वय तथा सहकार्यका लागि उनले अनुरोध गरे । 

उपराष्ट्रपति यादवले नेपाल सरकारको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने एयरलाइन्सलाई १६ सेप्टेम्बर, २०२६ सम्मका लागि शुल्क र राजस्वमा छुट प्रदान गरी प्रोत्साहन गर्ने निर्णयबारे जानकारीसमेत दिए। “भैरहवा तथा पोखराबाट वैदेशिक रोजगारीका लागि सोझै युएई प्रस्थान गर्ने नेपाली नागरिकहरूले भिसा आवेदन गर्न उपरोक्त स्थानहरूमा भिसा सेन्टर स्थापना गर्नेतर्फ संयुक्त अरब इमिरेट्स सरकारले आवश्यक कदम चाल्नेछ भन्ने अपेक्षा नेपाल सरकारले गरेको छ”, उनले भने । 

उपराष्ट्रपति यादवले ठूलो संख्यामा नेपालीहरूलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै नेपालले युएईको मानव संशाधनको आवश्यकता पूर्तिमा योगदान पुर्‍याएको विश्वास व्यक्त गरे । 

संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीले नेपाली जनताको सेवाका लागि युएई सदैव तयार रहेको उल्लेख गर्दै नेपालको विभिन्न आयोजना र क्षेत्रहरूमा सहयोग गर्न समेत इच्छुक रहेको बताए। “गौतमबु्द्ध विमानस्थलमा सीधा उडान सञ्चालन गर्न एयर अरेबियासँग कुराकानी भइरहेको छ । आशा छ, त्यसले पनि उडान गर्नेछ”, राजदूत शम्सीले भने, “युएईले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समर्थन गर्न चाहन्छ ।”

प्रतिक्रिया दिनुहोस