२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री-सचिवलाई प्रधानमन्त्रीको निर्देशनः “सोचे जति काम भएन, विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी काम गर्नुस्”

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा आमूल परिवर्तन ल्याउने गरी प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई कडा निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सरकारको कामलाई थप गतिशील र परिणाममूलक बनाउने आवश्यकता औँल्याउँदै सोचे जति काम नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले स्रोतको सुनिश्चितता नगरी प्रस्तुत गरेको बजेटका कारण काम गर्न कठिनाइ भए पनि बजेटको समीक्षासँगै कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए । बैठकमा उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूको उपस्थिति थियो।

बजेट र कार्यक्रमका विसंगतिहरु अन्त्य गर्न निर्देशन
प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका विसङ्गतिहरु अन्त्य गर्न जरुरी रहेको बताउँदै ११ हजार नक्कली योजना र बहुवर्षीय योजनामा न्यून बजेट विनियोजनजस्ता विकृतिहरू रोक्न निर्देशन दिए। उनले भने, “देशको आर्थिक तथा सामाजिक विकासका लागि प्रभावकारी नीति र कार्यान्वयनमा जोड दिनुपर्छ। मन्त्रालयहरूले उत्पादन, कृषि, ऊर्जा र सूचना प्रविधिजस्ता क्षेत्रमा नयाँ क्रान्तिकारी काम गर्न सोच्नुपर्छ। गफका भरमा अर्थतन्त्र चल्दैन। ठोस योजना र परिणाम चाहिन्छ” 

उद्योग सञ्चालन र आर्थिक उन्नतिका लागि नयाँ दृष्टिकोण
प्रधानमन्त्रीले बन्द रहेका उद्योगहरूलाई पुनः सञ्चालन गर्नेबारे स्पष्ट योजना बनाउन निर्देशन दिए । उनले प्रश्न गरे, ”बन्द भएका उद्योगहरू हामीले चलाउन सक्दैनौँ भने चलाउन सक्नेलाई किन नदिने ? अनावश्यक संरचनाहरु किन राख्ने ?“ प्रधानमन्त्रीले रोजगारी र आम्दानी बढाउने नीति अवलम्बन गर्न र तल्लो वर्गसम्म लाभ पुर्‍याउने कार्यक्रम बनाउन सम्बन्धित मन्त्रालयहरूलाई भने । 

कार्यसम्पादनमा समीक्षा र कारवाहीको चेतावनी
प्रधानमन्त्री ओलीले मन्त्रालय र कर्मचारीतन्त्रमा सुधार गर्न आवश्यक भएको उल्लेख गर्दै, काम गर्न नसक्ने मन्त्री र कर्मचारीको समीक्षा गरिनुपर्ने बताए । उनले काम नगर्ने कर्मचारीलाई सरुवा मात्र नगरी कारबाही गर्न पनि निर्देशन दिए।  ”अब अलमल गर्ने समय छैन। प्रभावकारी काम नगर्ने कुनै पनि संरचना आवश्यक छैन,” उनले थपे।

प्रधानमन्त्रीले सरकारका उपलब्धिहरू जनताका व्यवहारमा प्रत्यक्ष देखिनुपर्ने उल्लेख गर्दै, समीक्षा र बैठकले मात्रै परिणाम दिँदैन। उत्पादनशील र परिवर्तनमुखी कार्य गर्न जरुरी छ,” उनले भने। बैठकले सरकारका नीति र कार्यक्रम कार्यान्वयनलाई थप परिणाममुखी बनाउने योजना बनाउने लक्ष्य राखेको छ।

प्रधानमन्त्रीले मन्त्री, सचिव र कर्मचारी सबैले सकारात्मक परिणाम ल्याउने गरी आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै “देशको प्रगतिका लागि हिम्मतिलो तरिकाले अगाडि बढौँ,” भन्ने सन्देश दिएका छन् ।