२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचन : तिलागुफा-६ मा तयारी पूरा

अ+ अ-

मान्म(कालीकोट) । कालिकोटको तिलागुफा नगरपालिकाको वडा नं ४ वडाध्यक्ष पदको यही मङसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ ।

तिलागुफा-४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले बताए। उनका अनुसार निर्वाचनका लागि एक जना मतदान अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगी मतदान केन्द्रका खटिएको छन् । 

निर्वाचनका लागि आज सर्वदलीय बैठक बसेर निर्वाचन आचारसंहिता प्रचारप्रचारको मौन अवधि बिहीबार राती १२ बजेदेखि लागु हुने विषयमा जानकारी गराइने निर्वाचन अधिकृत मल्लले जानकारी दिए । 

उपनिर्वाचनका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तिलागुफा-४ मा एक मतदान केन्द्र रहेको र  यसमा ६०९ मतदाता छन् । वडाध्यक्ष पदमा नेपाली कांग्रेसका पैलबहादुर शाही, नेकपा (एमाले) का ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बम,  नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए।  तिलागुफा-४ का तत्कालीन वडाध्यक्ष परबहादुर शाहीको २०७९ साल असोज २४ गते पहिरोमा परेर निधन भएको थियो ।