काठमाडौँ । उदयपुरको वेलका नगरपालिका ९ मा पाँच सय मत गणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ।
माओवादी वडाध्यक्षका उम्मेदवार भरत घिमिरेले १ सय ४९ मतसहित अग्रता लिएका हुन्।
उनलाई एमालेका मोहन खड्काले १ सय ३३ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै नेपाली काँग्रेसका नवराज बस्नेतले १ सय ६ मत प्राप्त गरेका छन्।
रास्वपाका तेजमान विश्वकर्मा ३५ मतसहित चौथो स्थानमा छन्।