काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुदैँछ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससँग खेल्दैछ ।
यस्तै, दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन् । यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग हारेको थियो भने चितवनले काठमाडौँ गुर्खाजलाई हराएको थियो ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।







