काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
मंगलबार आयोगले एक सूचना जारी गरी सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
केन्द्रीय काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२००२।०८०-८१ (खुला) नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.अनं. प्रथम श्रेणी (प्राविधिक) सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
