१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा पहिलो चौमासिकमा ६६ करोड मात्रै राजश्व संकलन

अ+ अ-

काठमाडौँ। आन्तरिक राजश्व कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा ६६ करोड बढी राजश्व संकलन गरेको छ ।

चालु वर्षको साउनदेखि कार्तिक मसान्तसम्म ६६ करोड ४१ लख ३५ हजार राजश्वक संकलन गर्दै ६५ दशमलव ५३ प्रतिशत प्रगति गरेको छ ।

राजश्व कार्यालयले गरेको यो प्रगति पहिलो चौमासिकको लक्ष्यभन्दा ३५ प्रतिशतले कम भएको देखिन्छ । कार्यालयले पहिलो चौमासिकमा एक अर्ब १३ करोड ५५ लाख चार हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो तर लक्ष्य अनुसार प्रगति गर्न नसकेको पाइएको हो ।

तर गत आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकको तुलनामा थोरै बढी राजश्व संकलन गरेको देखिन्छ । गत आर्थिक वर्षमा ६६ करोड ३२ लाख ३ हजार राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

चालु वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको कार्यालयले मूल्य अभिवृद्धि करतर्फ भने गत वर्षको भन्दा राम्रो प्रगति गरेको छ । गत वर्ष मूल्य अभिवृद्धि कर बापत २४ करोड चार हजार संकलन गरेकोमा चालु आर्थिक वर्षमा २५ करोड ८१ लख ५७ हजार राजश्व संकलन गरेको छ।

अघिल्लो वर्षको तुलनामा मुअकतर्फ बढी असुली गरिएको भए पनि पहिलो चौमासिकको लक्ष्यअनुसार भने संकलन हुन सकेको छैन । कार्यालयले ३२ करोड ६६ लाख ३५ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

यस्तै, आयकरतर्फ ३२ करोड ८६ लाख ३५ हजार, बहाल करतर्फ २२ लाख ४६ हजार, ब्याज करतर्फ एक करोड ६५ लाख, अन्त शुल्कतर्फ ५ करोड ७४ लाख र स्वास्थ्य सेवातर्फ ५४ हजार राजश्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।