काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज गोलभेँडा ठुलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ६०, गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ ।
यस्तै, आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४००, केरा दर्जनको १७०, लसुन हरियोको २०० रुपैयाँ कायम छ ।


