काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ । मृतक पुरुष अन्दाजी ६० वर्षको रहेको र उनको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इँटा प्रहार गरी उनको हत्या गरेको जस्तो देखिन्छ । घटनास्थल रक्सीको खाली बोतल पनि भेटिएको छ ।
धनुषाका प्रहरीले आज बिहान मन्दिर परिसरमा एक पुरुष मृत भेटिएको र पहिचान खुल्न नसकेको जानकारी दिएको । प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ ।
प्रहरीले मृतक पुरुषको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको जनाएको छ ।