काठमाडौँ । गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाले वडानम्बर-१४ लाई टुक्राउने भएको छ ।
१६औँ नगर सभा बैठकमा मानव संशाधन तथा सुशासन समितिका संयोजक हुमबहादुर बस्नेतले प्रस्तुत गरेको वडा विभाजन गरी २ वटा बनाउने प्रस्तुत बहुमतले पारित भएको छ ।
वडा विभाजनको अन्तिम स्वीकृति भने संघीय सरकारले प्रदान गर्दछ । संघीय सरकारले पनि नगर सभाको प्रस्तावलाई स्वीकृत गरेमा वडानम्बर-१४ मा पर्ने पराल्मी र रातामाटा छुट्टिने गरी अर्को एउटा वडा थपिने छ । हाल रेसंगा नगरपालिकामा १४ वटा वडा छन् ।







