१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने-सामाजिक न्यायको झन्डा उठाउने मेरो प्रयास एकाथरीलाई मन परेको छैन

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर कुदिरहेको बताएका छन् ।

गृह जिल्ला चितवनमा मंगलबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव समापन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले देशमा स्थिरता कायम गर्न र देश विकासका लागि आफू जनतामाझ आएको बताएका हुन् ।

भ्रष्टाचार, बेथिति, अराजकता फालेर मुलुकमा सामाजिक न्यायको झन्डा उठाउने आफ्नो प्रयासलाई एक थरीका मानिसले मन नपराएको उनले बताए ।

‘मुलुक अप्ठ्यारो स्थितिमा थियो । मुलुकको आर्थिक अवस्थालाई क्रमशः सहज वातावरण बनाउन धेरै मेहेनत पनि गरियो । बिस्तारै देशको आर्थिक अवस्था लयमा पनि फर्किँदै थियो’ उनले भने, ‘छिमेकी मुलुकहरूसँगको सम्बन्ध सन्तुलित बनाउन रेकर्डहरू पनि बनाएकै थिएँ । तर, एक थरी मान्छेहरूलाई यो मन परेन ।’

नेपालको छवि उज्ज्वल बनाउन आफूले खेलेको भूमिका कतिपय मानिसलाई मन नपरेको प्रचण्डको गुनासो थियो । ‘आफूले सञ्चालन गरेको सुशासनको अभियान, सामाजिक न्यायको अभियान, अन्तर्राष्टिय स्तरमा नेपालको छवि उज्ज्वल बनाउन खेलेको भूमिका मन परेन’ उनले भने, ‘म अहिले जनताको बीचमा छु । म खुसी नै छु । फेरि एउटा सपना बोकेर यो देशमा स्थिरता र विकास, समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर म कुदिरहेको छु ।’

आफू प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस