काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार एक बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
आधिकारिकरुपमा यसको मापन सार्वजनिक गरिएको छैन। काठमाडौँका विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महसुस गरेको सामाजिक सञ्जालमा पनि लेखेका छन्। थप विवरण आउन बाँकी छ ।